Sajhamanch Archive

पौडी खेल्ने क्रममा डुबेर इलाममा दाजुभाइको मृत्यु

Published: in समाज by .

इलाम । इलाममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको ज्यान गएको छ ।

माईखोलाको अर्चले पक्की पुल नजिक माईबेनीमा माइजोगमाई वडा नं.५ सोयाङका शेखर ढकाल र उनका भाइ प्रविन ढकालको हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

भाइ खाल्डोमा डुबेपछि बचाउन गएका दाजुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

                                                                                                                       उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *