Sajhamanch Archive

कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

Published: in समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकामा सोमवारबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ ।

गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले कार्यक्रममा सुचिकृत श्रमिकलाई प्रदान गरिने अभिमुखिकरण तालिमको शुभारम्भ गरेकी छिन् ।

कार्यक्रममा सुचिकृत बेरोजगार व्याक्तिहरु मध्ये बेरोजगारको सुचि निर्धारण तथा प्राथमिकिकरणमा परेका बेरोजगार व्याक्तिलाई प्राथमिकताका आधारमा पहिलो पटक श्रममा खटाएको कमल गाउँपालिकाका रोजगार संयोजक भरत तिवारीले जानकारी दिए ।

पहिलो पटक श्रममा खटाईएका श्रमिकले गाउँपालिकाबाट चालु आर्थिक वर्षमा सन्चालन गरिने आयोजना मध्ये किराँत राई साकेला भवनको उत्तर पट्टि धाँधर नियन्त्रण र पुल्चोक उत्तर भुत्लुङ्ग खोलामा ओभरफ्लो निर्माणकालागी श्रमिक परिचालन गरिने संयोजक तिवारीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *