Sajhamanch Archive

प्रचण्डलाई लिखित जवाफसहित हाजिर हुन सर्वोच्चको आदेश

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले सात दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।

अदालतको अवहेलना मुद्दामा अदालतले लिखित जवाफसहित सात दिनभित्र आफैँ उपस्थित हुन आदेश दिएको हो ।

अध्यक्ष प्रचण्डलाई न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतमा आदेश दिएको निर्देशन दिएको हो । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले दर्ता गरेका थिए ।

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी रिटमा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *