नेपालको गीति संग्रह ‘प्रीति पुष्प’ र गीति एल्बम् ‘प्रीति’को विमोचन
Published:
by .बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाको आयोजनामा साहित्यकार टीका भट्टराई नेपालको गीति संग्रह ‘प्रीति पुष्प’ र गीति एल्बम् ‘प्रीति’को विमोचन गरिएको छ ।
साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा संस्थापक अध्यक्ष तथा सल्लाहकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संगीत उपाध्यक्ष दिपक राजमाझीले गरेका थिए ।
कार्यक्रममा वरिष्ठ संगीतकार टीका भण्डारी, कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, प्राज्ञ सुभद्रा भट्टराई, साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, संस्थापक अध्यक्ष शिवशंकर थापा, अध्यक्ष हस्त परियार, साहित्यकारहरु कोमलप्रसाद पोखरेल, पुण्यप्रसाद खरेल , नवराज घिमिरेलगायतले गीति संग्रह ‘प्रीति पुष्प’ र गीति एल्बम् ‘प्रीति’कोे विमोचन गरिएको थियो ।
कार्यक्रममा साहित्यकार केशव आचार्यले गीति संग्रह ‘प्रीति पुष्प’को समिक्षा गरेका थिए । सुरुङ्गा निवासी स्रष्टा टीका भट्टराई नेपालले एक सय छ वटा गीत समेटिएको गीति संग्रह प्रीति पुष्प निकालेर गीतकारका रुपमा आफूलाई अव्वल सावित गराएको उनले बताए ।
कार्यक्रममा वरिष्ठ संगीतकार टीका भण्डारी, कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, प्राज्ञ सुभद्रा भट्टराई, साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौला, सुसेली साहित्य परिवार झापाका अध्यक्ष पुण्यप्रसाद ेखरेल, लेखनाथ पुस्तकालय झापाका अध्यक्ष नवराज घिमिरेलगायतले स्रष्टा टीका भट्टराई नेपालका गीत सन्देशमुलक रहेको बताएका थिए ।
कार्यक्रममा दृष्टिविहीन गायक मेनुका पौडेल, मणी वर्देवा, भिम सुहाङ लिम्वू लगायतले स्रष्टा टीका भट्टराई नेपालका गीत प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा टीका भट्टराई नेपालको गीति एल्बम ‘प्रीति’मा समेटीएको दुईवटा गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको थियो ।
स्रष्टा टीका भट्टराई नेपालको शव्द ,गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत रहेको ‘देखेँ सन्ततिले भुलेको कहानी ’बोलको गीतमा गायक निशान भट्टराईको स्वर रहेको छ भने निर्देशन चलचित्र निर्देशक दिनेशराज शर्माले गरेका छन् ।
Comments