Sajhamanch Archive

आज प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्ताल

Published: in राजनीति, राष्ट्रिय समाचार by .

झापा । संवैधानिक निकायमा सरकारले प्रक्रिया मिचेर एकतर्फी रुपमा नियुक्ती गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले विरोधमा आज देशव्यापी आम हड्तालको घोषणा गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गरेर प्रचण्ड नेपाल समूहले यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द गर्ने घोषणा गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरङ्कुशता बढ्दै गएकाले त्यसलाई रोक्न आमहड्ताल गर्नुपरेको दाबी गरे ।

प्रतिनिधि सभा विघटनको विरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आकस्मिक रुपमा आम हड्ताल घोषणा गरेको हो ।  आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुने छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *