Sajhamanch Archive

सांसद साँवाको सम्पर्क कार्यालय उद्घाटन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । शिवसताक्षीको दूधेमा झापा क्षेत्र नं. ४ को सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।

क्षेत्र ४ को प्रतिनिधी सभा, प्रदेश सभा (क) र (ख)को संयुक्त सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । प्रतिनिधी सभा सो कार्यालय सांसद एल.पि.साँवा लिम्बुले जनताका गुनासो सुन्ने थलोको रुपमा स्थापित गरेका हुन् ।

पूर्व सांसद तारासम यङ्याबाट कार्यालयको उद्घाटन गरिएको हो । उद्घाटनका क्रममा प्रतिनिधी सभा सांसद एल. पि.साँवा लिम्बुले विकास निर्माण विषयमा प्रदेश सभा र यहाँका नागरिकसँग सिधै सम्पर्कका लागि कार्यालय स्थापना गरिएको बताए । उनले हरेक योजनाहरु केन्द्र, प्रदेश र स्थानीय निकायसँग समन्वय गर्न यस कार्यालयले भूमिका खेल्ले जानकारी दिए ।

प्रदेश सभा सांसद झलकसिंह दर्लामीले यस कार्यालयले केन्द्र, प्रदेश र स्थानीय निकायसँग जोड्न पुलको काम गर्ने बताए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय र विकास निर्माणका कामहरुलाई तीनै तहलाई एकै ठाउँमा राखेर छलफल चलाउने समेत सकिने बताए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार सेर्माले स्थानीय निकायले लगाएको करको कुरै नबुझी चौतफी विरोध भएकोमा गुनासो गरे । उनले झापा जिल्लामा कुनै नगरपालिकाले पनि नागरिकको अहित हुने गरि कर नबढाएको बताए । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले हरेक विषयलाई बुझेर मात्र लेख्न उनले आग्रह गरे ।

कार्यक्रममा उप प्रमुख भोजकुमारी नेपाल, वडाध्यक्षहरु लगायत नेकपाका कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रम पूर्व सांसद तारासम यङ्याको अध्यक्षतामा भएको थियो भने महेन्द्र भट्टराईले संचालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *