Sajhamanch Archive

‘कृष्ण लीला’ चैत्र २७ मा रिलिज हुने 

Published: in गीत/संगीत/मनोरञ्जन by .

नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्ण लीला’को प्रदर्शन मिति तय गरिएको छ ।

यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने पक्का भएको छ । दीपक ओलीको निर्देशनमा तयार भएको चलचित्रले नयाँ बर्षको छेकोमा हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ ।

यो चलचित्रमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । शिव ढकालले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ ।

पूर्वी नेपालको पाँचथर, इलाम, झापा लगायतका जिल्लाका बिभिन्न रमणीय स्थलमा यो चलचित्रको छायांकन गरिएको छ । देशभरका हल संचालनमा आएपनि नयाँ चलचित्र रिलिज नहुँदा हलसम्म दर्शक पुगेका छैनन् । नयाँ बर्षको अवसरमा पुष्प र श्रद्धाको रोमान्टिक लभ स्टोरी चलचित्रले दर्शक तान्ने अपेक्षा निर्माणपक्षको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *