Sajhamanch Archive

आम हड्ताल गर्न सडकमा निस्किए प्रचण्ड

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन पुष्पकमल दाहाल (प्रचण्ड) पनि सडकमा आएका छन् ।

प्रचण्ड-नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।

हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *