Sajhamanch Archive

१७१ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ७१ हजार ६ सय २ संक्रमितको संख्या पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ सय २७ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको छ ।

हालसम्म मृतकको संख्या २ हजार ३३ पुगेको छ । २४ घण्टामा भने कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *