Sajhamanch Archive

संवैधानिक आयोगका सिफारिस पदाधिकारीविरुद्ध रिटमा सुनुवाइ हुँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायमा गरेको सिफारिस विरुद्ध दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा निवेदनको पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनुवाइ समेत नभई नियुक्त भएका पदाधिकारीलाई काम कारबाही रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

मंसिर ३० गते बसेको संवैधानिक परिषदको सिफारिस पुस ५ गते संसद विघटन भएपछि मात्र सार्वजनिक भएको थियो । संसद विघटन भएपछि संसदीय सुनुवाइ समिति पनि बस्न नसक्ने भएपछि सरकारले संसद सचिवालयमा सिफारिस भएका व्यक्तिहरुको नाम दर्ता गराएको थियो ।

सूचना दर्ता गराएको ४५ दिनपछि बुधबार उनीहरुलाई राष्ट्रपति कार्यालयमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले सपथ गराएका थिए । सपथअघि नै वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए। सपथलगत्तै उक्त रिट दर्ता भएको थियो । सपथ गरे पनि काम–कारबाही गर्न रोक लगाउनुपर्ने निवेदनसहित उनले रिट दर्ता गराएका थिए ।

                                                                                                                   थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *