Sajhamanch Archive

१ लाख ७१ हजारभन्दा बढीले लगाए कोरोना खोप

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । कोरोना खोप अभियान अन्तर्गत नेपालमा शुक्रबारसम्म एक लाख ७१ हजारभन्दा धेरैले खोप लगाएका छन् ।

शुक्रवार बेलुकीसम्म ७७ जिल्लाका दुई सय एक खोप केन्द्रबाट एक लाख ७१ हजार चार सय ८६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म प्रदेश नम्बर एकमा २३ हजार ८२, प्रदेश नम्बर २ मा २२ हजार सात सय ५६, वाग्मतीमा ५९ हजार नौ सय ४२ जनाले खोप लगाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै गण्डकी प्रदेशमा १७ हजार तीन सय १५, लुम्बिनीमा २६ हजार आठ सय ९८, कर्णालीमा आठ हजार ६ सय ८४ र सुदूरपश्चिममा १२ हजार आठ सय नौ जनाले खोप लगाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *