एनएमसीको बजार प्रतिनिधिस्तरीय हाजिरीजवाफ प्रतियोगितामा विर्तामोड कार्यालय प्रथम
Published: (Updated: )
by .विर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को बजारप्रतिनिधिस्तरीय हाजिरीजवाफ प्रतियोगितामा विर्तामोड क्षेत्रीय कार्यालय प्रथम भएको छ ।
मेचीनगर, बिर्तामोड, अर्जुनधारा, भद्रपुर, शिवसताक्षी र कनकाई गरी ६ वटा क्षेत्रीय कार्यालयहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बिर्तामोड क्षेत्रीय कार्यालयले जितेको छ ।
त्यस्तै मेचीनगरले दोस्रो र अर्जुनधाराले तेस्रो स्थान हात पारेका छन् । खेल बराबरीमा टुङ्गिएकोले बिजेता छनोट अन्तिममा गोला प्रथाद्वारा गरिएको थियो ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमश १० हजार, ८ हजार र ६ हजार रुपैयाँसहित प्रमाणपत्र बितरण गरिएको थियो ।
प्रतियोगिताको सुरुवात परिचयात्मक कार्यक्रमबाट भएको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइराला, उपाध्यक्ष भगवती घिमिरे, संचालक समिति सदस्य कमल गुराँगाई लगायतको विशेष उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता बित्तीय साक्षरता उपसमिति संयोजक गोपालप्रसाद प्याकुरेलले गरेका थिए । कार्यक्रम सञ्चालन अर्जुनधारा क्षेत्रीय कार्यालय प्रमुख बासुदेव खतिवडाले गरेका थिए । बित्तीय साक्षरता उपसमितिका सदस्य कमलप्रसाद पाठक र दिपक दाहालले प्रतियोगीलाई प्रश्न सोधेका थिए ।
हाजिरीजवाफ प्रतियोगिताको फाइनल खेल शनिश्चरे कार्यालयस्थित एनएमसी भवनमा सम्पन्न भएको थियो ।
Comments