Sajhamanch Archive

नेविसंघ धुलाबारी माविको सभापतिमा न्यौपाने

Published: (Updated: ) in राजनीति, शिक्षा by .

मेचीनगर । मेचीनगरस्थित धुलाबारी माध्यमिक विद्यालयमा विवश न्यौपानेको सभापतित्वमा नेविसंघ इकाइ समिति गठन भएको छ । न्यौपानको नेतृत्वमा ७५ सदस्य समिति चयन गरिएको हो ।

समितिको उप-सभापतिमा पूजा संग्रौला, दिया कुवँर, विनिता थापा र सौगात उप्रेती तथा सचिवमा सन्देश निरौला र रिया ढुङ्गाना सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सह-सचिवमा संकेत शिवाकोटी, विविका श्रेष्ठ, दिक्षा सिलवाल, प्रिया निरौला र प्रेक्षा ढुङ्गाना, कोषाध्यक्षमा अभिषेक शाह र सन्ध्या चौधरी, सह-कोषाध्यक्षमा अंकित दाहाल र रोशनी उप्रेती, अतिरिक्त क्रियाकलाप संयोजकमा दिपेन प्रधान, सदस्य विस्तार संयोजकमा रिजन दाहाल तथा नगर समिति सम्पर्क संयोजकमा रवि सिलवाल चयन भएका हुन् ।

शैलेस गौतमको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेविसंघ झापा जिल्ला प्रवक्ता सञ्जय निरौला रहेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि निरौला, नेविसंघका झापा जिल्ला सह-सचिव सुरज सुवेदीले आ-आफना धारणा राखेका थिए ।

त्रिदेव नेविसंघका इकाइ सभापति आइतहाङ लिम्बूले नेविसंघको संक्षिप्त परिचयसहित कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

पुजा संग्रौलाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन श्रृजितजङ्ग ढुङ्गानाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *