Sajhamanch Archive

अमेरिकाले इरानमाथिको प्रतिबन्ध नहटाउने

Published: in विश्व समाचार by .

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध तत्काल नहटाइने बताएका छन् ।

एक अमेरिकी सञ्चारमाध्यमलाई दिइएको अन्तरवार्तामा बोल्दै राष्ट्रपति बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध नहटाइने बताएका हुन् ।

अन्तरवार्तामा बाइडेनलाई अमेरिकाले वार्ताका लागि ईरानलाई तयार पार्न प्रतिबन्ध हटाउँछ कि हटाउँदैन ? भन्ने प्रश्न सोधिँदा त्यसको जवाफमा बाइडेनले तत्काल प्रतिबन्ध हटाउन नसकिने जवाफ दिएका छन् । यद्यपि, अमेरिकाले आणविक सम्झौताको पुनः कार्यान्वयन गर्न इरानमाथि दबाब दिइराख्ने तयारी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *