Sajhamanch Archive

सरकारले टु‌ंगो लगायो दुई चरणमा निर्वाचन हुने जिल्ला

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाखमा हुने निर्वाचनमा हुने दुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको हो । बैठकले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेका थिए । तर, संसद विघटन विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले टुंगो लगाएको छैन् ।

प्रतिनिधि सभा विघटनकाविरुद्ध सडक आन्दोलन गर्दै आएका नेकपाकै एक पक्ष र अन्य कतिपय दल र नेताहरुले भने वैशाखमा निर्वाचन गर्ने सरकारको नियत नभएको र सम्भव नभएको बताउँदै आएका छन् ।

                                                                                                              थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *