Sajhamanch Archive

चुनावकाे तयारी तीव्र बनाउन प्रधानमन्त्री ओलीकाे आग्रह

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् । निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त र आयुक्तलाई चुनावको तयारी तीव्र पार्न सुझाव दिएका हुन् ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावको तयारीबारे आयोगले गरेका गतिविधिको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रमुख आयुक्त थपलियाले आयोगले तोकिएको मिति वैशाख १७ र २७ मा चुनाव गर्ने गरी काम गरिरहेको समेत जानकारी गराएका छन् ।

गएको पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । गएको माघ १६ गते आयोगले नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहलाई नेकपाभित्रको विवाद र चुनावको तयारीबारे छलफल गर्न बोलाएको थियो । त्यसलगत्तै प्रचण्ड–नेपाल समूहले आयोगमा आफ्नो आधिकारिकता पेस गरेको छ ।

नेकपाका दुवै समूहले आफूहरु नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएका छन् । तर दुवै समूहले गरेको निर्णयलाई आयोगले अस्वीकार गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *