Sajhamanch Archive

१६० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । नेपालमा थप १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार २१५ पुगेको छ ।

यसैगरी, कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६५ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ४३१ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *