Sajhamanch Archive

साहित्य चौतारीद्वारा वरिष्ठ लोकगायक जोशीलाई लोकसम्राटको उपाधि

Published: in समाज, साहित्य by .

बिर्तामोड । वरिष्ठ लोकगायक एलपी जोशीलाई साहित्य चौतारी झापाले लोकसम्राटको उपाधि प्रदान गरेको छ ।

होटल हिकोला हेरिटेज शाखा काँकरभिट्टाको प्रथम वार्षिकोत्सवको अवसर पारेर बिर्तामोडस्थित होटल हिकोला हेरिटेजमा भएको वरिष्ठ लोकगायक एलपी जोशीको एकल गायन कार्यक्रममा वरिष्ठ लोकगायक जोशीलाई लोकसम्राटको उपाधि प्रदान गरिएको हो ।

साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले लोक संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याए वापत वरिष्ठ लोकगायक एलपी जोशीलाई लोकसम्राटको उपाधि प्रदान गरेको बताउँदै लोकगीत, संस्कृतिका अग्रजहरु राष्ट्रका सम्पत्ति भएकाले त्यस्ता प्रतिभालाई हरेक क्षेत्रले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

साहित्य चौतारी झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा ख्याती प्राप्त गायक तथा संगीतकार जीवन अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष विमला चिमरियाले स्वागत गरेकी थिइन् ।

साहित्य चौतारी झापाका सल्लाहकार कृष्ण पौडेलले वरिष्ठ लोकगायक एलपी जोशीको जीवनी प्रस्तुत गरेको कार्यक्रममा वरिष्ठ लोकगायक जोशीले ‘रिटिङ रिटिङ नबजाउ बिनायो,’ ‘वल्लो खोलो पल्लो खोलो’ ‘उकाली ज्यानको चप्लेटी ढुंगा ’‘खिपीमा खिपी ’ लगायतका आधा दर्जन गीत गाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *