Sajhamanch Archive

शिक्षकलाई काेराेनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न आग्रह

Published: in शिक्षा, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप शिक्षकलाई पनि लगाउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको छ ।

सरकारको नीतिअनुसार प्राथमिकताका आधारमा अग्रपङ्क्तिमा खटिने शिक्षक/कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोधपत्र समेत पठाएको छ । पत्रमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षक/कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न भनिएको छ ।

सरकारले दोस्रो चरणमा विदेशी दूतावास, कुटनीतिक नियोगमा कार्यरत तथा पत्रकारलाई खोप लगाउन सुरु गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *