Sajhamanch Archive

ओली नेतृत्वको नेकपा नै आधिकारिक हो : मन्त्री गुरुङ

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक भएको बताएका छन् ।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले ओलीले नेतृत्व गरेका नेकपा नै आधिकारीक भएको दाबी गरे ।

प्रचण्ड–माधव पक्षले दाबी गर्ने हदम्याद सकिइसकेपछि निर्वाचन अयोगको कानुन, नीति, नियमलाई नबुझिकन दाबी गरेको उनको भनाइ छ ।

निर्वाचन आयोगले मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री तथा संसदीय दलको नेता ओलीलाई मात्रै चिनेको जिकिर गर्दै मन्त्री गुरुङले निर्वाचन आयोगको निर्णयमा विश्वास रहेको बताए ।

उनले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरे । तोकिएकै मितिमा निर्वाचन गर्नका निम्ति सुरक्षा परिषदको बैठकले निर्णय गरेको प्रस्तावलाई मन्त्रिपरिषदले पारित गरिसकेको उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *