Sajhamanch Archive

प्रचण्ड-माधव समूहले शक्ति प्रदर्शन गर्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव समूह) ले आज काठमाडौंमा विरोधसभा गर्दैछ ।

भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् ।

विरोधसभामा सहभागी गराउन विभिन्न जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा ओसारिएको छ । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले आजको जनप्रदर्शन निर्णायक हुने दाबीसमेत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *