Sajhamanch Archive

आदर्श माविमा दाहालको नेतृत्वमा नेविसंघ गठन

Published: (Updated: ) in राजनीति, शिक्षा by .

मेचीनगर । इट्टाभट्टास्थित आदर्श माध्यमिक विद्यालयमा योगेश दाहालको सभापतित्वमा नेविसंघ इकाइ समिति गठन भएको छ । दाहालको नेतृत्वमा ५१ सदस्य समिति चयन गरिएको हो ।

समितिको उप-सभापतिमा अजित राजवंशी, डोल्मा शेर्मा, जमुना राजवंशी र स्मीति गौतम तथा सचिवमा नविन फुयाल र सुनिता राजवंशी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सह-सचिवमा प्रतिमा घिमिरे, उमा अधिकारी, झर्ना लिङदेन, विश्वजित राजवंशी, निशा नेपाल र जस्मीन घिमिरे तथा कोषाध्यक्षमा कौतली राजवंशी, राजेश श्रेष्ठ र लिलि राजवंशी चयन भएका हुन् ।

निसा नेपालको सभापतित्वमा भएको कार्यक्रममा नेविसंघ झापा जिल्ला सह-सचिव सुरज सुवेदी, नेविसंघ झापा जिल्ला सदस्य मोनिका ढुङगाना, त्रिदेव नेविसंघ इकाइ सचिव सौरभ बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा नेविसंघ झापा जिल्ला सह-सचिव सुवेदी र त्रिदेव नेविसंघका इकाइ उपसभापति अर्जुन गौतमले आ-आफना धारणा राखेका थिए ।

नेविसंघ झापा जिल्ला सदस्य कल्पना थापाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन रोसन पोखरेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *