Sajhamanch Archive

४० वर्षमुनिका महिलाले विदेश भ्रमणमा जानुअघि वडाको सिफारिस लिनुपर्ने

Published: in परदेश (प्रवास), स्थानीय तह by .

काठमाडौं । विदेश भ्रमण जाने ४० वर्ष मुनिका महिलाले अबदेखि वडा कार्यालयबाट सिफारिस लिनुपर्ने भएको छ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको हो ।

विभागले अध्यागमन कार्यविधि, २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको विभागका प्रवक्ता टेकनारायण पौडेलले जानकारी दिए ।

‘मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भए उद्दार गर्न नसकिएको, औषधी उपचार नपाएर बिजोग भएको अवस्थालाई मध्यनजर गर्दै कार्यविधि संशोधन प्रस्ताव गरिएको हो,।’ पौडेलले भने, ‘भ्रमणमा एक्लै जान चाहने महिलाले अब वडा कार्यालय र परिवारबाट सहमति लिनुपर्छ। कतिपय महिलाहरू परिवारको सहमति बेगर पनि हिँड्ने गरेकाले त्यसलाई कडाइ गर्न पारिवारिक सहमति खोजिएको हो ।’

उनका अनुसार श्रीमानसँग विदेश भ्रमणमा जाँदा भने सिफारिस चाहिँदैन। वडाबाट सिफारिस लिँदा विदेश भ्रमणमा जाने मानिसको अभिलेख राख्न पनि सजिलो हुने पौडेलले जानकारी दिए । महिलाहरू मानव तस्करको जालोमा पर्ने गरेकोले यस्तो कार्यविधि तयार गरिएको हो ।

                                                                                                                         थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *