Sajhamanch Archive

लक्ष्मी साइकल स्टोरको साइकल शोरुमको शुभारम्भ

Published: in समाज by .

कमल । लक्ष्मी साइकल स्टोर दमकले आज एक कार्यक्रमको आयोजना गरी साइकल शोरुमको शुभारम्भ गरेको छ ।

झापाको दमक ५ स्थित लक्ष्मी साइकल स्टोरले आफनै नयाँ भवनमा साइकल शोरुमको सुभारम्भ गरेको हो ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र पूर्व अध्यक्ष प्रकाश प्रसाईले शोरुमको रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए ।
पूर्व अध्यक्ष प्रसाईले साइकलका पार्टस, जिम लगायतको सेवालाई थप प्रभावकारी बनाउदै प्रगति तर्फ लक्ष्मी साइकल स्टोर जावोस भन्ने शुभकामना दिए । शुरुका दिनमा साइकल मर्मतबाट सेवा शुरु गरेका लक्ष्मी साइकल स्टोरले ३ दर्शक बढी समय देखि साइकल खरिद बिक्रीको सेवा दिदै आएको छ ।

साइकल स्टोरका सञ्चालक कृष्ण शाह तेलीले २०४४ सालबाट साइकल बनाउने सेवा शुरु गरेर अहिले करिब एक करोड बढीको लगानीकामा आधुनिक साइकलका बिभिन्न पार्टस ,साइकलका पारखी युवा पुस्ताको मागलाई ध्यान दिएर सेवा दिइन शुरु गरेको बताए ।
स्टोरले माउण्टेन वाइक , गियर साइकल , बच्चाका लागि किड्स साइकल, वाकर ,ट्राई साइकल , केटाकेटीको खेलौना , जिम र फिट्नेटका सामानको खुद्धा तथा थोक विक्रेता रहेको सञ्चालक शाहले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *