Sajhamanch Archive

प्रहरी पुगेपछि रामकुमारीको घरमा नाराबाजी

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रपतिको अवहेलना गरेको भन्दै पक्राउ गर्न प्रहरी पुगेपछि नेकपा नेतृ रामकुमारी झाँक्रीको घरमै नाराबाजी भएको छ ।

बिहीबार झाँक्रीलाई पक्राउ गर्न घरमै प्रहरी पुगेको हो । त्यसपछि आक्रोशित नेकपा र नेकपाको जनसंगठनका नेता–कार्यकर्ता जुलुस लिएर घरमै पुगेका छन् ।

अहिले अनेरास्ववियूका नेता–कार्यकर्ताहरूले उनको शंखमूलस्थित घरको प्रांगणमा नाराबाजी गरिरहेका छन् । प्रहरीले झाँक्रीलाई अहिलेसम्म पक्राउ भने गरिसकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *