Sajhamanch Archive

डा. केसीद्वारा २०औं सत्याग्रहको घोषणा

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनालगायतका तीनबुँदे माग राख्दै डा.गोविन्द केसीले २०औँ सत्याग्रहको घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आउँदो फागुन १२ गतेसम्म आफ्ना माग सम्बोधन नभए सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानमाथि निरंकुश प्रहार भएकाले त्यसको विरोध गर्नु आफ्नो मौलिक कर्तव्य भएका कारण सत्याग्रहको घोषणा गरेको डा. केसीले बताएका छन् । आम नागरिकलाई समेत यो अहिंसात्मक पहलकदमीमा साथ दिन उनले अपिल गरेका छन् ।

यस्ता छन् तीनबुँदे माग

१. अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस् ।
२. अवैध रुपमा संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द गरियोस् ।
३. चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि हामीसँग भएका सम्झौता कार्यान्वयन गरियोस् । चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा पचहत्तर प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायतका राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरुको कार्यान्वयन गरियोस् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *