Sajhamanch Archive

सरकारी प्रयोगशालामा कोरोना परीक्षण शुल्क एक हजार

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९)को परीक्षण शुल्क एक हजार रुपैयाँमा घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा प्रतिपरीक्षण शुल्क समायोजन गरी एक हजार रुपैयाँ निर्धारण गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीको उपस्थितिमा बुधबार बसेको आईसीएसका पदाधिकारीसहित कोभिड-१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले यो पछिल्लो निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

यसअघि पीसीआर टेष्टको शुल्य २ हजार रुपैयाँ थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *