Sajhamanch Archive

बायर्नले जित्यो फिफा क्लब विश्व कपको उपाधि

Published: in खेलकुद by .

एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले फिफा क्लब विश्व कपको उपाधि जितेको छ ।

गएराति सम्पन्न फाइनल खेलमा मेक्सिकन क्लब टाइग्रेस उआनललाई १-० गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो ।

बायर्नको जितमा खेलको ५९औ मिनेटमा बेन्जामिन पभार्डले गरेको गोल नै निर्णायक गोल बनेको थियो । योसँगै बायर्नले दोस्रो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *