बृहत् नागरिक आन्दोलनले महिलामाथि हुने हिंसाविरुद्ध मार्चपास गर्ने
Published: (Updated: )
by .काठमाडौं । बृहत् नागरिक आन्दोलनले महिलामाथि हुने हिंसाविरुद्ध आज मार्चपास गर्ने भएको छ ।
बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्चपास’ गर्न लागेको हो । बृहत् नागरिक आन्दोलनले मार्च पासमा सहभागी हुन सबैलाई आग्रह पनि गरेको छ ।
बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको आठ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । बलात्कारपछि हत्या भएको विरोधमा प्रदर्शन भइरहेको छ ।
Comments