Sajhamanch Archive

केर्खामा रक्तदान, २२ प्रिन्ट रगत संकलन

Published: in समाज by .

कमल । कारितास नेपालद्वारा गठित केर्खा युवा क्लव र डि.पि.एल.युथ टिमको आयोजनामा शनिवार केर्खामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक कार्यमा सक्रिय केर्खा युवा क्लव र डि.पि.एल.युथ टिमले कमल गाउँपालिको समन्वय तथा नेपाल रेडक्रस सोसाईटी दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदानमा २२ प्रिन्ट रगत संकलन गरिएको थियो ।

केर्खा युवा क्लव र डि.पि.एल.युथ टिमका अध्यक्ष राजन चापागाईको अध्यक्षामा सम्पन्न रक्तदान कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले युथ टिम र डि.पि.एल.टिमका लागेर समाजमा रक्तदान जस्तो महत्पूर्ण कार्यक्रम गरी समाजमा उदारणीय कार्य गरेकोमा प्रशंसा गरेकी थिइन् ।

कार्यक्रममा लायन्स क्लव अफ केर्खा अध्यक्ष अग्निप्रसाद कोईराला, डि.पि.एल.का प्रतिनिधी बिनोद उप्रेती, कारितास नेपालका प्रतिनिधी रविन भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *