Sajhamanch Archive

युटुवमा हरेर कृषि खेती गर्दा किसानको लगानी संकटमा

Published: in विविधा, समाज by .

झापा । विगत ५ वर्ष यता बढी प्रयोगमा आएको सामाजिक सञ्जाल युटुवका कारण कृषकहरुको लगानी संकटमा परेको मत्स्य मानव संसाधन विकास तथा प्रविधि परिक्षण केन्द्रका प्रमुख रविलाल शर्माले वताएका छन ।

झापाको अर्जुनधारा नगरपालिका पशुपन्छि, मत्स्य तथा कछुवा विकास साखाको आयोजनामा सञ्चालित ३ दिवशीय माछापालन सम्वन्धि तालिममा मुख्य सहजकर्ताको रुपमा रहेका मत्स्य मानव संसाधन विकास तथा प्रविधि परिक्षण केन्द्र जनकपुरधाम धनुषाका प्रमुख रविलाल शर्मा कृषकहरु युटुवमा हेरेर प्रविधिको अवलम्वन गर्ने गर्नाले संकटमा रहेको वताएका छन ।

नेपालको हावा पानी सुहाउँदो ब्यवसाय सञ्चालन गर्नु पर्नेमा जोड दिदै शर्माले विदेसमा सञ्चालन भएका अधिकांश प्रविधि नेपालमा सुट नहुने वताउँदै सामाजिक सञ्जाल युटुवको भरमा ब्यवसायिक माछा पालनको सुरुवात नगर्न समेत कृषकहरुलाई आग्रह गरेका छन । पछिल्लो समय वायोफ्लोक प्रविधिमा कृषकहरु आकर्षित भएको वताउँदै नेपालमा यो प्रविधि केही स्थानमा राम्रो देखिए पनि अधिकांश क्षेत्रमा यसको प्रयोग सम्भव नहुने वताएका छन ।

ब्यवसायिक रुपमा माछा पालन गर्नका लागि नेपालको पानि चिसो हुने हुँदा तातो पानिमा हुने माछाका जातहरु पोखरीमा नराख्न समेत सुझाव दिएका छन । नेपालमा विषेस गरेर कार्प जातका माछाहरु उपयुक्तहुने वताउँदै पछिल्लो समय कृषकहरुले पङ्गास जातका माछा पालनलाई वढावा दिइरहदा आर्थिक वर्ष २०७७÷०७८ वाट मात्र नेपाल सरकारले यसलाई वैधानिकता दिएको छ ।

अर्जुनधारामा माछा पालन गर्ने कृषकलाई प्राविधिक ज्ञान दिने हेतुले माघ २८ गते देखि ३० गते सम्म सञ्चालन गरिएको तालिममा सहभागि अर्जुनधारा नगरपालिका वडा नं. ११ का ब्यवसायिक कृषक डम्बर चौधरीले तालिमबाट राम्रो शिप सिक्ने मौका पाएको वताउँदै, कृषकहरुले तालिमबाट भुरा नर्सरी गर्ने सवालमा राम्रो ज्ञान पाएको वताए । पुर्वमा भुराको राम्रो संभावना भएका कारण डम्वरले नर्सरीलाई प्राथमिकता दिदै भुरा विक्री गरिरहेका छन ।
माछा पालन सम्वन्धि तालिममा सुरुवात मात्र गर्ने कृषक र लामो समय देखि ब्यवसायिक माछा पालन गर्ने कृषकहरुको सहभागिता रहेको वताउँदै माछा पालन गर्ने कृषकहरुलाई आवश्यक पर्ने शिप र ज्ञानका बारेमा तालिम केन्द्रित भएको अर्जुनधारा नगरपालिका वडा नं. ५, का ब्यवसायिक माछा पालक कृषक तथा माछापालक कृषक संघ अर्जुनधारा नगर अध्यक्ष, युवराज पाण्डे वताउँछन ।

तालिममा सहभागी अर्जुनधारा १, सात कटेरीकी देविका आचार्य भन्छिन, सुरुवाती अवस्थामा रहेको माछा पालन ब्यवसायबाट घाटा भएपछि छाड्ने कि गर्ने भनेर दोधारमा रुमलिएको अवस्थान तालिमबाट धेरै कुराहरु सिकेँ अव मात्र म ब्यवसायिक ढंगले माछा पाल्न सक्ने भएँ । उनि थप्छिन माछा पालनका लागि आवश्यक खुराक, चारो खुवाउने समय, औषधी उपचार लगायतका विसयमा जानकारी पाएँ सुरुमा माछा पालन गर्दा केहि पनि थाहा थिएन ।

माछाका विभिन्न जातहरु वाहिरबाट विकास भएर नेपाल भित्रिए पनि नेपाल सरकारले दिने वैधानिकतालाई ध्यान दिन आवश्यक रहेको वताउँदै माछाका जात सँग सँगै विभिन्न रोगहरु भित्रिने संभावना वढ्ने कुरा अर्जुनधारा नगरपालिका पशुपन्छि, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राईले बताए । साथै आगामी दिनमा माछाको चारो निर्माण गर्ने देखि नर्सरी स्थापना लगायत विभिन्न तालिमहरु शाखाबाट सञ्चालन गरिने प्रमुख राईले जानकारी दिए ।

कृषिका विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहदा अर्जुनधारा नगरपालिकाले पशुपन्छि विकासका क्षेत्रमा समेत विपभन्न प्रभावकारी कार्यक्रमहरु सञ्चालनलाई प्राथमिकता दिएको छ । कृषकको जिवनस्तर माथि उठाउनका लागि अर्नुनधारा नगरपालिकाले लामो छलफल वाट कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्ने गरेकोे वताउँदै कृषकको ज्ञान शिप र क्षमता अधिवृद्धिकालागि नगरपालिका लागि परेको अर्जुनधारा नगरपालिका उप–प्रमुख कमला आचार्यले जानकारी दिइन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *