Sajhamanch Archive

हिमाली क्षेत्रमा हिमपात तथा पश्चिमका पहाडी भूभागमा वर्षाकाे सम्भावना

Published: in समाज by .

झापा । आज पश्चिमका पहाडी क्षेत्रका एक/दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ । अरु ठाउँको मौसम पनि राम्रोसँग नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । आज देशभर घाम राम्रोसँग नलाग्ने र मौसम राम्रोसँग नखुल्ने मौसमविद् नगरकोटीको भनाइ छ ।

अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भइरहेको छ ।

यस्तै अहिले अरु पहाडी क्षेत्रमा आंशिक बद्ली रहेको छ भने बाँकी ठाउँको मौसम सफा रहेको महाशाखाले जनाएको छ । तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको मौसमविद्ले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *