Sajhamanch Archive

जापानमा ७.१ म्याग्निच्युटको शक्तिशाली भूकम्प

Published: in विश्व समाचार by .

एजेन्सी । जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको स्थानीय समयअनुसार गएराति ११ बजेर ८ मिनेटमा फुकुसीमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

प्रशान्त महासागरको ५४ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गए पनि सुनामी आउन सक्नेबारे भने कुनै चेतावनी दिइएको छैन ।

भूकम्पका कारण अहिलेसम्म जापानमा १ सयभन्दा धेरै व्यक्ति घाइते भएका छन् । भूकम्प जाँदा भाग्ने क्रममा लडेर र सामानहरुमा ठोक्किएर उनीहरु घाइते भएका जापानका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *