Sajhamanch Archive

मेचीनगरमा महिला हिंसा विरुद्ध नेविसंघद्वारा प्रदर्शन

Published: (Updated: ) in राजनीति, शिक्षा, समाज by .

मेचीनगर । महिला हिंसा विरुद्ध झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ ।

नेपाल विद्यार्थी संघ त्रिदेव बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा आज महिला हिंसाको विरोधमा सरकारविरुद्ध प्रदर्शन गरिएको हो ।

शान्तिपूर्ण प्रदर्शनमा विद्यार्थीले संविधानमा टाँसिदे बलात्कारीलाई फाँसीदे, नारी सामान होइन सान हो, महिला हिंसा बन्द गर, भागरथी र निर्मलालाई न्याय दे, केपी ओलीको चमात्कार महिला हिंसा बलात्कार लगायतका नारा लगाएका थिए । त्रिदेव क्याम्पसबाट सुरु भएको र्‍याली मेची राजमार्ग हुँदै चारआली पुगेर कोणसभामा परिणत भएको थियो ।

नेविसंघ त्रिदेव एकाइ उपसभापति अर्जुन गौतमको संयोजकत्वमा भएको कार्यक्रममा नेविसंघका झापा जिल्ला प्रवक्ता सञ्जय निरौला, नेविसंघ जिल्ला सदस्य नविन खतिवडा, नेविसंघ मेचीनगर सचिव रुपक पराजुली र नेविसंघ त्रिदेव एकाइ सभापति आइतहांग लिम्बूले कोणसभालाई सम्बोधन गरेका थिए ।

उनीहरूले दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै आक्रोश पोखेका थिए ।

उक्त कोणसभाको सञ्चालन नेविसंघ त्रिदेव एकाइ सचिव सौरभ बस्नेतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *