Sajhamanch Archive

प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले चौथो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड माधव समूहले पत्रकार सम्मेलन गरेर संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

फागुन ५ गतेदेखि फागुन १५ गतेसम्मको चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको प्रवक्ता तथा संघर्ष समितिको संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

​गत पुस ५ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।

राजनीतिक रुपमा विभाजित भएको प्रचण्ड–नेपाल समूहले सडक संघर्षमार्फत ओली समूह र सरकारको विरोध गर्दै आएको छ भने ओली समूह पनि शक्ति प्रदर्शन र आमसभामा उत्रिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *