Sajhamanch Archive

भोलिको प्रदर्शन व्यापक बनाउन देउवाको अपिल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सोमबार हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ ।

सभापति देउवाले आइतबार जारी गरेको अपिलमा विरोध प्रदर्शनमा सहभागी हुन भनेका छन् ।

‘भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा अपिल गर्दछु,’ देउवाले भनेका छन् ।

प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । उनले लोकतन्त्रवादीहरू भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *