Sajhamanch Archive

बार्सिलोनाले भायाडोलिडविरुद्ध संघर्षपुर्ण जित

Published: in खेलकुद, by .

स्पेनिस ला लिगा अन्तर्गत फुटबलमा साबिकको विजेता बार्सिलोनाले भायाडोलिडविरुद्ध संघर्षपुर्ण जित आत्मासाथ गरेको छ।

भायाडोलिडको घरेलु मैदानमा बार्सिलोनाको लागि ओसुमाने डेम्बेलेले गरेको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै बार्सिलोनाले जित निकालेको हो। खेलको ५७ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए।

डेम्बेलेले सेर्गी रोबर्टोको पासमा गोल गरेका थिए। घरेलु टोलीलाई दबाबमा राखेपनि बार्सिलोनाले थप गोल गर्न भने असफल भयो। यस्तै बार्सिलोनाका खेलाडीले मैदान पिच खेल्न योग्य नरहेको भन्दै असन्तुष्टि जनाएको थियो। यो जितसँगै शीर्ष स्थानको बार्सिलोनाले २ खेलबाट ६ अंक जोडेको छ। बार्सिलोनाको यो लगातार दोस्रो जित समेत हो । भायाडोलिडको यो लगातार दोस्रो हार हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *