Sajhamanch Archive

शिवसताक्षी नगरपालिकाको सातौं नगरसभा सुरु

Published: (Updated: ) in समाज, स्थानीय तह by .

 शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको साँतौ हिउँदे नगरसभा सुरु भएको छ । आइतबारबाट नगरकार्यपालिकाको कार्यालय ब्याङ्गडाँडामा नगरपालिकाको साँतौ हिउँदे नगरसभा सुरु भएको हो ।

नगरसभाको उद्घाटन गर्दै मेयर चन्द्रकुमार सेर्माले नगर सभामा नगरपालिका भित्र गरिएका आवश्यक पूर्वाधार विकासका कामहरु, पर्यटन क्षेत्रका कामहरु समिक्षा गरिने बताए । कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरण स्थानीय बासीको रोगबाट संक्रमण हुन नदिनका लागि नगरकोतर्फबाट गरिएका कामहरुको पनि समिक्षा गर्ने जानकारी दिए ।

कोरोना भाइरस नियन्त्रणकामा नगरका सबै सम्यन्त्रहरु चलायमान बनाएर काम गर्दा गर्दै पनि केही मानिसहरुको भारसको कारण मृत्यु भएकोमा दुःख व्यक्त समेत गरेका थिए ।

शिवसताक्षी नगरपालिकाकी उप प्रमुख भोजकुमारी नेपालले नगरको तर्पmबाट आम्दानी तथा खर्चको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । आर्थिक बर्ष २०७७।७८ को प्रगती विवरण प्रस्तुत तथा समिक्षा पश्चात बन्दसत्रमा शिवसताक्षी नगरपालिकाको संस्था दर्ता सम्बन्धी एन, नगरको कृषि तथा पशुपालन एन २०७५ संसोधन गर्ने, वातावरणीय प्रभाव मुल्यांकन(इ.आई.ए) सम्बन्धी एन लगायतका उपर छलफल भएको जनाईएको छ । चालु आर्थिक बर्र्ष २०७७।७८ का विनियोजित बजेटबाट वडास्तरीय योजनाहरु, बिषयगत शाखाबाट संचालन हुने योजनाहरु तथा ठेक्का मार्फत भौतिक पूर्वाधारहरु संचालनमा रहेको र हालसम्म करिव ४० प्रतिशत भौतिक तथा वितिय प्रगति हासिल गरेको उपप्रमुख नेपालले बताइन् ।

नगरपालिकाका प्रमुख चन्द्र कुमार शेर्माको सभापतित्वमा सुरु भएको सभामा ११ ओटै वडाका अध्यक्ष तथा नगर बोर्ड सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत गीता राईले सञ्चालन गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *