Sajhamanch Archive

कांग्रेसले आज प्रदर्शन गर्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं  । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले उक्त निर्णय सच्याउन माग गर्दै प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसले शीर्ष नेतालाई जिल्लाहरूमा खटाएको छ । कांग्रेसले पुस ५ पछि सरकारका कदमविरूद्ध आन्दोलन गरिरहेको छ । तर शशक्त सडक आन्दोलन नगरेको भन्दै कांग्रेसको आलोचना भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *