Sajhamanch Archive

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको प्रदर्शनलाई दबाउने सेनाको प्रयास

Published: in विश्व समाचार by .

एजेन्सी । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको जनप्रदर्शनलाई सेनाले दबाउने प्रयास गरेको छ । म्यानमारका शहरका सडकमा सेना बख्तरबन्द गाडीसहित निस्कन थालेका छन् भने इन्टरनेट सेवा समेत बन्द गरिएको बीबीसीले जनाएको छ ।

केही ठाउँमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका खबर आए पनि औपचारिक रुपमा पुष्टि हुन भने बाँकी छ ।

म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा भएको सैन्य ‘कू’ को विरोधमा लगातार विरोध प्रदर्शन भइरहेको छ । यहि विरोध प्रदर्शन दबाउन सेना बख्तरबन्द गाडीसहित सडकमा निस्केका हुन सक्ने अनुमान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *