Sajhamanch Archive

सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो : कांग्रेस

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकलाई ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा ब्युँताउन खोजिएको भन्दै आपत्ति जनाएको छ ।

सरकारले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको कांग्रेसले आरोप लगाएको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति नहुने र त्यसका लागि विद्यमान कानून भित्रै आवश्यक प्रावधान रहेको बताएका छन् ।

उनले थप व्यवस्था आवश्यक भए वृहत्तर विमर्श बेगर संसद विघटन भएको समयमा निर्देशिका मार्फत् जारी गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको टिप्पणी गरे ।

विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्नेगरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुँदैन, मिल्दैन र पाइदैन ।’ सामाजिक संजालमा व्यक्त मतलाई सरकारी आबेगले कारबाहीको दायरामा बाँध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको संज्ञा दिँदै कांग्रेसले यसविरुद्ध युवा पुस्तालाई सजक बन्ने समेत अपिल गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *