Sajhamanch Archive

मौद्रिक नीतिको समीक्षापछि सेयर बजार उत्साहित

Published: in अर्थतन्त्र, समाज by .

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको भोलिपल्ट सोमबार सेयर बजार परिसूचक नेप्से बढेको छ ।

लघुवित्त समूहको सब इन्डेक्स धेरै बढ्दा सेयर बजारमा उत्साह देखिएको छ । मौद्रिक नीतिले सेयर धितो कर्जामा कडाइ गर्ने चर्चा चलेको थियो तर सेयर धितो कर्जाको विद्यमान व्यवस्था यथावत राखेको छ । यसले पनि बजारलाई सकारात्मक असर परेको हो ।

सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ९२.४२ अंकले उकालो लागेर २ हजार ५ सय ८६ दशमलव ०१ अंकमा पुगेको छ । कारोबार रकममा उत्साह नै देखिएको छ । दिनभर २ करोड २४ लाख भन्दा धेरै कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँ माथि कारोबार पुगेको छ ।

सबैभन्दा धेरै कमाउने कम्पनीहरुमा पनि लघुवित्त वित्तीय संस्थाकै लगानीकर्ताहरु देखिएका छन् । सबै समूहका सबइन्डेक्सहरु बढेर हरियाली छाएका छन् । नेप्सेमा सूचीकृत २१५ कम्पनी मध्ये ६ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।

                                                                                                                         अनलाइनखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *