Sajhamanch Archive

प्रधानमन्त्रीको प्रश्न : ‘प्रतिगमन भनेको के हो ?’

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नागरिक माझ गरेका वाचा र प्रतिवद्धता पूरा गर्न नदिएपछि नयाँ कदम चालेको भन्दै उनले प्रतिगमन भनेको के हो ? भन्दै प्रश्न गरेका छन् ।

सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धिबारे जानकारी दिँदै उनले देशलाई अस्वस्थ राजनीतिको गोलचक्करमा फस्न नदिन नागरिकका माझमा जानुको विकल्प नरहेको बताए ।

चुनाव गर्दा अलग बाटो कसरी हुन्छ ? भन्दै प्रधानमन्त्री ओलीले सोधे । तोकिएको मितिमै चुनाव हुने भन्दै उनले चुनाव हुँदैन भन्नेले कस्तो भविष्यवाणी गर्दैछन् भनेर टिप्पणी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *