Sajhamanch Archive

१२२ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तीन हजार पाँच सय ४१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार आठ सय ४० पुगेको छ ।

यस्तै थप एक सय ४४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार दुई सय चार पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *