Sajhamanch Archive

शताक्षी गुरुकुलममा नयाँ कार्यसमिति चयन

Published: (Updated: ) in समाज by .

शिवसताक्षी । धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा रहेको शताक्षी गुरुकुलममा नयाँ कार्यसमिति चयन भएको छ ।

गुरुकुलममा वेदप्रसाद अग्रवालको अध्यक्षमा ११ सदस्यीय कार्य समिति चयन भएको हो । जसमा उपाध्यक्षमा प्रसाद सुब्बा र तारादेवी मेहता, सचिवमा प्राचार्य मदनमोहन अधिकारी, कोषाध्यक्षमा गोमा पौडेल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा खगेन्द्र प्रसाद खनाल, निर्मला श्रेष्ठ, लिला चिमोरिया, अग्नी दुलाल, तुलसादेवी निरौला रहेका छन् । वि.सं. २०७२ सालदेखि गुरुकुलम सञ्चालनमा आएपनि विधान दर्ता पछि तदर्स समिति विघटन भई साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको सचिव मदनमोहन अधिकारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *