Sajhamanch Archive

सपनालाई धम्की दिने बस्नेत पक्राउ

Published: in समाज by .

काठमाडौं । बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा पर्न सफल सपना रोका मगरलाई धम्काएको आरोपमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको छ ।

बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।

सपना र विनजयजङ्ग दुवैले बेवारिसे शव जलाउने समाजसेवाको काम गर्दै आएका छन् । सपनाले विनयजङ्गलाई ‘बुबा’ भन्दै आए पनि पछिल्लो समय उनीहरुको सम्बन्धमा दरार आएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *