Sajhamanch Archive

युनिकमा सरस्वती पूजा सम्पन्न

Published: (Updated: ) in शिक्षा, समाज by .

मेचीनगर । झापाको मेचीनगर-१२,सहरेडाँगीमा रहेको युनिक इङलिस बोर्डिङ स्कुलमा विद्याकी देवी सरस्वतीको पूजा भव्यताका साथ मनाइएको छ ।

बसन्त पञ्चमी एवम् श्रीपञ्चमीका अवसरमा आज विद्यालयका विद्यार्थी, शिक्षक, पूर्व विद्यार्थी तथा अभिभावकहरुको उत्साहपूर्ण सहभागिता रहनुका साथै विद्यार्थीहरुको कलात्मक तथा सिर्जनात्मक सजावटले विद्यालय बेहुली झैँं सिंगारिएको थियो ।

उक्त अवसरमा विद्यालयको विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले आफ्नो गित, नृत्य, गजल लगायतका सिर्जनात्मक कला प्रस्तुत गरेको विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद रिमालले बताए ।

कोरोना महामारीको असर परिरहेको यो बेला विद्यार्थीलाई राहत दिन सरस्वती पूजाका दिन विद्यालयमा निःशुल्क भर्ना पनि सञ्चालन गरिएको थियो ।

प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजाराधना गरी देशभर मनाउने गरिन्छ । यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ ।

देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न मंगलबार श्रद्धालुको भीड लागेको थियो । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षराम्भ गराउने चलन पनि छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *