Sajhamanch Archive

५४ यात्रु चढेको बस नहरमा खस्यो, १८ जनाको शव निकालियो

Published: (Updated: ) in विविधा by .

काठमाडौं । भारतको मध्य प्रदेशमा आज (मंगलबार) ५४ जना यात्रु बोककोे बस नहरमा खस्दा १८ जनाको ज्यान गएको छ ।

आज बिहान साढे ७ बजे मध्यप्रदेश रामपुर नैकिन क्षेत्रमा ५४ यात्रु बोकेको बस पुलबाट नहरमा खसेको हो । सिधीबाट सतना गइरहेको बस साइड लगाउने क्रममा पुलबाट बाणसागर परियोजनाको नहरमा खसेको भारतीय सञ्चारमाध्यम र समाचार संस्थाहरुले जनाएका छन् ।
अहिलेसम्म नहरबाट १८ भन्दा बढीको शव निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सात जना यात्रुहरु पौडिएर सकुशल बाहिर आएको भारतीय समाचार संस्था एएनआइले जनाएको छ । स्थानीय जनताा, गोताखोर र सुरक्षाकर्मीहरुले अहिले घटनास्थलमा उद्धार गरिरहेका छन् ।

मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले उद्धार कार्यलाई सहज बनाउन नहरको पानी रोक्न अधिकारीहरुलाई आदेश दिइसकेका छन् । अहिले घटनास्थालमा मध्यप्रदेश सरकारका दुई मन्त्री पुगिसकेका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *