Sajhamanch Archive

सत्ताको उन्माद नदेखाउन कांग्रेसको चेतावनी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेकपा कार्यकर्तालाई सत्ताको उन्माद नदेखाउन चेतावनी दिएको छ ।

मंगलबार बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताबाट नियोजित रूपमा आक्रमण भएको भन्दै कांग्रेसले यस्तो चेतावनी दिएको हो ।

डिलासैनीमा कांग्रेस केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, बैतडीका सभापति नरेन्द्रजंग थापा एवं नेविसंघका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा नेकपा कार्यकर्ताले ढुंगामुढा गर्दा ६ जना घाइते भएका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको,‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ ।’

कांग्रेसले यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

नेकपाका कार्यकर्ताको आक्रमणबाट पार्टीका केही नेता कार्यकता घाइते भएको र केही सवारीसाधनमा तोडफोडसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।

एक्कासि भएको आक्रमणपछि पार्टीका तरुण साथीहरूले तत्कालै प्रतिवाद गरेको विज्ञप्तिमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *