Sajhamanch Archive

फेरि बढ्यो पेट्रोल, डिजल/मट्टीतेलको भाउ

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य बढाएको छ ।

मङ्गलबार विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजल/मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ बढेको जनाएको छ ।

निगमका अनुसार अब पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य क्रमशः ११४, ९७ र ६७ रुपैयाँ भएको छ ।

एक हप्ताअघि मात्रै निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा एलपी ग्यासको मूल्यमा प्रति लिटर प्रति सिलिण्डर क्रमशः दुई र २५ रुपैयाँ बढाएको थियो ।

निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *